दिन दहाडै ईज्जत लुट्छन् हाम्रो नेपालमा ।
बिहान थुन्छन् साँझ छुट्छन् हाम्रो नेपालमा ।।
भ्रष्टाचारको बिरोधमा छुस्स बोल्यो भने ।
गोरु झै मरुन्जेल कुट्छन् हाम्रो नेपालमा ।।
कहाँबाट होस् निकास कसले गर्छ बिकास ?
एक दलमै पाँच/छ गुट छन् हाम्रो नेपालमा ।।
………. गजल ……….
अपराधी खुलेआम सम्मान स्वरुप घुम्दा ।
पीडितका सपना टुट्छन् हाम्रो नेपालमा ।।
सहयोग गर्नु छोडेर बिपत्तिको घडीमा ।
नेता नै लुटपाटमा जुट्छन् हाम्रो नेपालमा ।।
मान बहादुर केसी (मुस्कान देउडाप्रेमी)
सँगमटोल टिकापुर ७ कैलाली हाल (यूएई)













प्रतिक्रिया