३ कार्तिक २०८३, मंगलबार

१६ बुँदे सहमतिले चारै नेता फाइदै-फाइदामा, कसलाई के फाइदा ? (हेर्नुस तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeing-4partyकाठमाडौं, २६ जेठ । १६ बुँदे सहमति कार्यान्वयन हुन सके प्रधानमन्त्री सुशील कोइराला एवं कांग्रेस सभापति सुशील कोइरालाले संविधान जारी गरेको जस पाउनेछन् ।

पहिलो संविधानसभा संविधान जारी नगरी भंग भएको अवस्थामा यो उनको ठूलो राजनीतिक उपलब्धि हुनेछ । संविधान जारी भए त्यसपछिको सरकारको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वभाविक दाबेदारी रहनेछ ।

4-leader-working

एमाओवादी र मधेसी मोर्चाका कटु आलोचक ओलीले नै पार्टीलाई ८ प्रदेशमा सहमत गराएका हुन् । सबैभन्दा पहिले संविधानसभाबाटै संविधानको नारा दिएको एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा संविधान निर्माणको नेतृत्व लिए ।

सरकार परिवर्तनको खेललाई संविधान निर्माणमा बदल्ने पनि उनी नै हुन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार मधेसी मोर्चाको अधिकांश घटकको विरोधका बाबजुद संविधान निर्माणमा सहमत भएका छन् ।

भावी राजनीतिक समीकरण र सरकारमा उनी महत्वपूर्ण भूमिकामा हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।