३ कार्तिक २०८३, मंगलबार

प्रहरीका एआईजी वज्राचार्य नक्कली भारतीय मुद्रा ओसारपसारमा संलग्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Bajracharya-Aigकाठमाडौं, २६ जेठ । पाकिस्तानी नागरिक शेख जाबेल इक्वाल भारतको कानुपुरमा २३ लाख नक्कली भारतीय मुद्रासहति पक्राउ परेसँगै नेपालका एआईजी रमेशशेखर वज्राचार्य नक्कली नोट ओसारपसारमा संलग्न भएको खुलेको छ ।

शेखले यसकार्यमा नेपाल प्रहरीका एआईजी वज्रचार्यसँगै नेपाल र भारतका दर्जनौं प्रहरीसमेत संलग्न रहेको र वज्राचार्यकै गाडीमा नक्कली मुद्रासहित आवातजावत गरेको बयान दिएपछि यस्तो रहस्य सार्वजनिक भएको आर्थिक दैनिकले छापेको छ ।

आफू प्रहरीको फन्दामा परेसँगै नेपाल र भारतका दर्जनौं कर्मचारी र प्रहरी अधिकारीहरु संलग्न रहेकोले नक्कली नोट ओसारपसार गर्न सहज हुने गरेको कुरा उदधृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले समाचार छापेको छ ।