काठमाडौं, २२ जेठ । सरकारले निकट भविष्यमा मिर्गौला बिरामीका लागि निःशुल्क पिसाव परीक्षणको व्यवस्था मिलाउने भएको छ । पिसावको परीक्षणबाट प्रोटिन र सुगरको मात्रा पत्ता लगाएर मिर्गौला संक्रमण छ–छैन भनी पहिचान गर्न यस्तो व्यवस्था ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षदेखि नमुका कार्यक्रमका रुपमा देशका १५ जिल्लाका सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क परीक्षण सेवा उपलब्ध गराउने कार्यक्रम तयार गरेको हो ।
नमूना कार्यक्रम लागू हुने जिल्लाहरु तय नभइसके पनि कार्यक्रम लागू हुने जिल्लाका पाँच वर्षमाथिका प्रत्येक नागरिकले अनिवार्य रुपमा पिसाव परीक्षण गराउनुपर्ने गरी मस्यौदा तयार पारिएको विपन्न नागरिक कोष सचिवालयका प्रमुख तथा स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए । सो पिसाब जाँच गर्ने कार्यक्रमबाट मिर्गौलामा संक्रमण भएरनभएको लक्षणको प्रारम्भिक अवस्था थाहा पाउन सकिने उनको भनाई छ । राजधानी दैनिकबाट













प्रतिक्रिया