२८ कार्तिक २०८३, शनिबार

अशोक सिलवाल अब पशुपति विज्ञ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवाल पशुपति विज्ञ नियुक्त भएका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञ नियुक्त गरेको हो ।

नेपाल सरकारको नीति अनुसार भगवान श्री पशुपतिनाथको महामहिमाबारे अन्तराष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रुपमा पशुपति क्षेत्रको विकास, संरक्षण, सम्वर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

‘अध्यात्म र आस्थाको महानतम् केन्द्र पशुपतिसँग जोडिएर सकेको योगदान गर्ने अवसर पाउँदा उत्साहित छु’, नेपालको प्रकृति र संस्कृतिका सुन्दर पक्षहरुलाई अनेक भाव र भुमिकामा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसारमा सक्रिय सिलवालले भने ।

कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् । कलम, लेखक दुनियाँ, श्रीलंका स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् ।

पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भुकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।