२८ कार्तिक २०८३, शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।

सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

पुनर्निर्माण गरिएको भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बसेको हो । अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुनर्निर्माण गरेको हो ।