
काठमाडौं, ४ पुस । बारा जितपुरसिमरा उपमहानगरापालिका-२२ को तीन नम्बर पुल नजिकै बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
काकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे ३ नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक हरि शम्शेर र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया