
सर्लाही, ४ पुस । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा मंगललबार साँझ मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा हरिपुर नगरपालिका–७, चिताईनका ५० वर्षीय रुदल कुमार दनुवारको मृत्यु भएको हो । नवलपुरबाट साइकलमा घरतर्फ जाँदै गरेका कुँवरलाई सडकमा साइकलसहित लडेपछि उठ्न खोज्दा पछाडिबाट तीव्र गतिमा आएको प्रदेश २–०४–००१ क ००१४ नम्बरको मिनिट्रकले ठक्कर थियो ।
दुर्घटना लगत्तै कुँवरलाई प्रादेशिक अस्पताल मलगंवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दनुवार सासपुरको डाबरीस्थित इँटा भट्टामा मजदुरी गरेर घर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए ।
साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया