३० आश्विन २०८३, शुक्रबार

किन यस्तो हुँदैछ मेरो समाज ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stri-siba

यो मान्छे मान्छे बीचको लडाई झगडाले म असाध्यै अत्तासिने र डराउने गर्दछु । किन किन शत्रु मित्र वा घनिष्ट मित्र भन्ने कुरामा पनि मलाई पुर्ण विश्वास लाग्दैन् । हिजो एउटै कलेजमा सँगै पढ्ने र बस्ने सँगै हात जोरेर खाना खाने एउटै बिस्तारामा लडीबुडी गर्दै सुत्ने मित्रहरु आफ्नो स्वार्थ पुरा भएपछि आज एक अर्काका नजरबाट टाढा भाग्न चाहन्छन् अर्थात त्यही घनिष्ट मित्र जो शत्रु वा दुश्मनीको रुपमा प्रकट भएको हुन्छ । काटाकाट हानाहान र मारामारको होडबाजी चलिरहन्छ । यतिसम्म कि आफ्नो स्वार्थको लागि र आफ्नो सन्तुष्टिका लागि मान्छेले ज्यान लिन समेत पछि पर्दैन् । मान्छेले आफ्नो स्वार्थ पुर्तिका लागि सम्बन्ध र नाता खोज्दैन । पाएमा झटारो जहाँ पनि फ्याँक्न सक्दछ । आफ्नो इज्जत र मानमा हानी हुन जाने ठाउँ देख्छ भने मान्छेले आफ्नोलाई पनि पराइ बताउँछ । यतिसम्मकी आफ्नो बाबुलाई नोकर भन्छ र आफ्नो परिचय अरु कोही गन्यमान्यबाट दिन पनि पछि पर्दैन हो, अहिलेको आधुनिक समाजमा मान्छेको चरित्र यस्तै नै छ भन्दा फरक नपर्ला ।

आखिर जीवन जटिलताले भरिपुर्ण छ नै, तर त्यसमा पनि नचाहिने नानाभाती शास्त्र जोडेर जटिलताको जिन्दगीलाई अझ कष्टपुर्ण पार्दछ मान्छेले । भित्रभित्रै डाह र ईष्या उनेर ठूलो च्यादर बुनेको हुन्छ मान्छेले, अजीवको प्राणी हो मान्छे । जन्मेदेखि मृत्युपरान्त उसलाई दुखै दुःखको जन्जालमा फसिनु छ ।

हुन त मान्छे स्वरुप लिएर जन्मेपछि मान्छेले मानवीय कार्य त गर्नु नै पर्छ, तर मान्छे जस्तो सवश्रेष्ठ बुद्घि र विवेकले पुर्ण प्राणीले समाजबाट नकारात्मक पाठहरु किन घोक्दै जान्छ र यसको अनुशरण किन गर्दछ ? कति अचम्म एउटालाई खिल्ली उठाउन पाएमा अर्कोलाई मञ्जा र आनन्द आउने तल गिराउन पाए आफ्नो शान र मान बढ्ने आदि इत्यादि मान्छेको यस्तै क्रियाकलापले यो समाजलाई धमिल्याएको छ । आखिर जीवन जटिलताले भरिपुर्ण छ नै, तर त्यसमा पनि नचाहिने नानाभाती शास्त्र जोडेर जटिलताको जिन्दगीलाई अझ कष्टपुर्ण पार्दछ मान्छेले । भित्रभित्रै डाह र ईष्या उनेर ठूलो च्यादर बुनेको हुन्छ मान्छेले, अजीवको प्राणी हो मान्छे । जन्मेदेखि मृत्युपरान्त उसलाई दुखै दुःखको जन्जालमा फसिनु छ । तर अनेक तरहबाट उसले आफूलाई बचाउने कोशिस गरिरहेको हुन्छ तर संसारको वास्तविक अर्थ नभेट्दै यस धर्तीबाट बिदा लिनुपर्छ । आखिर कहाँ जानु छ र केलाउनु छ भन्ने कुराको कुनै आभाषै हुँदैन उसलाई बाँचुन्जेल । बिचरा धनसम्पत्ति थुर्पान खोज्छ उसले आफ्नो सन्ततिको लागि भावी पिँढीको लागि धन सम्पत्तिको लोभमा मान्छेले आफ्नो सर्वस्व शक्ति लगाएको हुन्छ । यसै प्रसंगमा मलाई केही समय पहिलाको घटना स्मरण भयो धनसम्पत्तिको लागि एउटै कोषबाट जन्मिएका भाईले आफ्नै दाजुको हत्या गरे, त्यस्तै वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट घरबार बिहिनलाई पठाएको राहत पनि लुट्नसम्म पछि परेनन् । मान्छेले हत्या गरेर हुन्छ या डकैती गरेर हुन्छ, अन्याय अत्याचार गरेर हुन्छ या थिचोमिचो गरेर हुन्छ, अनेक नीति अबलम्बन गरेर उसले आफुलाई सर्वेसवा ठान्न खोज्दछ । आफूभित्रको अहमतालाई उसले सम्हाल्न सक्तैन र उ भित्र बलिरहेका मनका जिज्ञासाहरुलाई उसले अझ दन्काउन चाहन्छ ।

तर मान्छे यो सोच्दैनकी संसारमा म जस्ता अनेकौ मान्छेहरुको समुह छ र ती सबै मान्छेहरुको मनभित्र पनि मेरो मनभित्र उब्जिए जस्तै विचारहरु प्रतिपादित भइरहेका हुन्छन् । मान्छेले आफ्नो अस्तित्व जोगाउनका लागि प्रतिकुल बन्न सक्छ । जीवनको घडीमा उसले थुप्रै थुप्रै समयका पलहरुलाई धकेल्दै जान्छ । समयले फलाउने मीठा तीता फलहरु चाख्दै जान्छ मान्छे । जस्तोसुकै परिस्थितिमा पनि उ एक नाश भएर चल्नुपर्ने हुन्छ । अन्यथा त्यसले नकारात्मक परिणाम पैदा गर्दछ । म पनि कहिलेकाँही मान्छे मान्छे बीचको गतिविधि बुझ्न खोज्छु । एउटाको एक प्रकारको सोचाई छ भने अर्काको छुट्टै विचार छ ।

म पनि कहिलेकाँही मान्छे मान्छे बीचको गतिविधि बुझ्न खोज्छु । एउटाको एक प्रकारको सोचाई छ भने अर्काको छुट्टै विचार छ । यसरी फरक फरक विचारहरु एक आपसमा जुदाउदाँ गड्याङ–गुडुङको आवाज जस्तै आकाश थर्कन्छ । कम्पन हुन्छ एकातिर भने अर्कोतिर भूइचालो जानसक्छ । 

यसरी फरक फरक विचारहरु एक आपसमा जुदाउदाँ गड्याङ–गुडुङको आवाज जस्तै आकाश थर्कन्छ । कम्पन हुन्छ एकातिर भने अर्कोतिर भूइचालो जानसक्छ । मान्छेको माया मान्छेसँग सायद पटक्कै हुँदैन किन मान्छेहरु यस्तै क्रियाकलाप बारम्बार देखाइरहन्छन् ? निस्वार्थ माया गाँस्न जान्दैन मान्छे धन सम्पत्तिको प्रलोभनमा प्रेमको मायाजालमा मान र सम्मानको प्रलोभनमा, पदोन्नतिको लालचमा, कुनै कुरा प्राप्त गर्ने स्वार्थमा मान्छेले अर्को मान्छे प्रति वनावटी माया देखाउँछ तर दिगो राख्न भने सक्दैन क्षणिक हुन्छ । केही कुराको कमी हुनासाथ उसले मायाको परिभाषालाई बिर्सिदिन्छ । म भित्र पनि यस्तो वस्तु नहोला भन्न सक्तिन किनकि उतिखेरै फुरुङ्ग हुने मेरो मन क्षणभरमै ओइलिएको पातजस्तै चाउरिएर जान्छ स्थायित्व छैन मेरो मनमा पनि । केही क्षणमै एउटाको मायाले सताई दिन्छ भने उही माया अर्कोतिर झगडाको बीउ बन्दछ । आखिर मन स्थिर हुने प्रयत्न त नगरेको होइन तर सामाजिक चर्तिकला र क्रियाकलाप देखदा पुन अस्थिर बन्न पुग्छ । यो समाजमा जुन खालको संस्कार विधमान छ त्यसैलाई सिकदै जानु मान्छेको बाध्यता हो या विवशता ।

हुन त प्रकृतिको नियमलाई टारेर टार्न सकिदैन भन्छन् तर विधिले चाहेमा उसले नै गर्न पनि सक्दोरहेछ । स्वस्थलाई अस्वस्थ बनाउन । गरीबलाई धनी र धनीलाई गरीब बनाउन सक्दोरहेछ, अकालमा मार्न सक्दोरहेछ । वृद्घा अवस्थामा अझ कष्ट दिन सक्दोरहेछ, कोमल मनलाई बङ्गयाएर कर्कश बनाउन सक्दोरहेछ । 

जहाँ जहाँ जानु छ, जे जे कुरा गर्नुछ सबै उसैको नीति निर्देशनमा हुने गर्छ । के त्यो संस्कार वा प्रकृतिको नियम मान्छेको मगज हो त ? यदी होइन र अरु केही वस्तु हो भने त्यो कहाँ बस्छ र कस्तो छ ? आफ्नो स्वरुप किन प्रकट गर्न सक्तैन । यदि हाम्रो संस्कार वा प्रकृतिको नियम देवता हो भने किन सबै मगजलाई देवता बनाउन सक्दैन् ? किन मान्छेलाई सही र असल बाटो देखाउन सक्दैन ? मान्छेको आखाँमा पट्टि बाँधेर उसको गन्तव्य स्थानलाई अन्यत्र किन पुर्‍याउँछ ? हुन त प्रकृतिको नियमलाई टारेर टार्न सकिदैन भन्छन् तर विधिले चाहेमा उसले नै गर्न पनि सक्दोरहेछ । स्वस्थलाई अस्वस्थ बनाउन । गरीबलाई धनी र धनीलाई गरीब बनाउन सक्दोरहेछ, अकालमा मार्न सक्दोरहेछ । वृद्घा अवस्थामा अझ कष्ट दिन सक्दोरहेछ, कोमल मनलाई बङ्गयाएर कर्कश बनाउन सक्दोरहेछ । यसरी यथार्थमा भन्दा चाहेमा संशोधन गर्न पनि सक्दोरहेछ । मान्छेले मान्छेको सहायता गर्न जानेको छ त ? सहयोग र सद्भाव भनेको के हो त ? भोकोलाई खान दिनु र नाङ्गोलाई एकजोर जरौरी दिनु पहिराइदिनु नै सहयोगको वास्तविक अर्थ हो त ?
समय र यसका पलहरुले अनगिन्ती विडम्बनाहरु उब्जाइ रहन्छ । मान्छेले कहिलेकाँही आफूले आफैलाई चिन्न सक्तैन । उसभित्र विधमान असन्तुष्टिहरुले उसका लक्ष्यहरुमा बाधा पुर्‍याइरहेको हुन्छ । यो प्रकृतिको नियम हो या आ–आफ्नो मान्छे भित्रको विद्यमान कौतुहलता हो, जसको फलस्वरुप जो कोही पनि आफू आफूमा पूर्णत सन्तोष लिन सक्तैन् । अहम्वादी दुनियाँमा आफ्नो अहंकारको स्पष्ट उच्चारण गर्न चाहान्छ, मान्छे ।