काठमाडौँ, २५ जेठ । डेरावाल हकहित संरक्षण समिति नेपालले डेरावाललाई जबर्जस्ती डेरा छाड्न लगाउन र भाडा नबढाउन सम्पूर्ण घरपतिलाई आग्रह गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक योगेश बरालले समितिले काठमाडौँ उपत्यकाका बालाजु, कपन, कलङ्की, स्वयम्भू, असन, भक्तपुर र पाटनलगायत १३ स्थानमा भाडावालको लगत लिने काम सुरु गरेको जानकारी दिनुभयो ।
डेरावाललाई राहत तथा पुनःस्थापना गर्नेतर्फ सरकार वा सरोकारवाला निकाय कसैको पनि ध्यान नगएको भन्दै बरालले विपद्को अवधिभर कुनै उद्योग, कार्यालय व्यवसायको कामधन्दा नचलेको कारण भाडा तिर्न अप्ठेरो भएकाले विपद्भरिको घरभाडा मिनाहा गरी डेरावाललाई सम्मानजनक मानवीय सहयोग गर्न घरपतिसँग माग गर्नुभयो । रासस















प्रतिक्रिया