![]()
काठमाडौं, १ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थालेका राम्रा कामलाई लिएर प्रतिक्रियावादीहरु आतंकित भई जनतामा गलत भ्रम छर्न थालेको बताएका छन् ।
महोत्तरीको बर्दिवास-३ मा रहेको जनता माद्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवमा बोल्दै प्रधानमन्त्री दाहालले सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट एक थरी मान्छे आतंकित बनेको बताएका हुन् ।
‘एकथरी मान्छेहरु मेरो नेतृत्वको सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट आतंकित भएका रहेछन्,’ दाहालले भने, ‘मलाई एनसेलमा अर्बौंको भ्रष्टाचार गरे प्रचण्डले भनेर जनतामा भ्रम छर्न थालिएको रहेछ ।’
गठबन्धन र मन्त्रिपरिषद्को बैठकबाट एनसेलसम्बन्धी भएका समग्र गतिविधि छानबिन गर्न समिति बनाएपछि प्रतिक्रियावादीहरुले जानीबुझी सरकारका राम्रा कामको कुप्रचार गर्ने षड्यन्त्र रचेकाले यस्तो भ्रममा नपर्न दाहालले सबैमा अपिल गरे । उनीहरुले माओवादी केन्द्रको नेतृत्वको सरकारले थालेका कामहरुबाट देशमा सकारात्मक परिवर्तन सुरु भएको देख्न नसकेको दाहालको आरोप थियो ।
हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–














प्रतिक्रिया