२९ आश्विन २०८३, बिहिबार

उद्योग मन्त्रालयद्धारा महिला उद्यमीलाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahila uddhamiकाठमाडौँ, २५ जेठ । उद्योग मन्त्रालयले साना तथा लघु उद्यमका क्षेत्रमा योगदान गरेका ५१ महिला उद्यमीलाई आज सम्मान तथा नगद प्रदान गरेको छ ।

कार्यक्रममा प्रत्येक उद्यमीलाई नगद रु पाँच हजारसहित सम्मान गरिएको हो । उद्योगमन्त्री महेश बस्नेतले सम्मान गर्दै देशका विभिन्न स्थानमा महिलाले सञ्चालन गरेका लघु उद्योग सफल पाइएको र त्यस्ता उद्योग प्रवद्र्धन गर्न सरकारले सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

mahila uddhami2उहाँले भन्नुभयो – “स्वदेशी उत्पादनलाई महत्व बढाउन सरकारी निकायले तिनको अनिवार्य प्रयोग गर्ने निर्देशिका जारी भइसकेको छ ।” उहाँले भन्नुभयो –“सार्वजनिक खरिद बिक्री ऐनमा केही संशोधन गर्न आवश्यक छ, त्यसपछि सरकारी निकायमा स्वदेशी वस्तु खपत हुन्छ र उद्यमी लाभान्वित हुन्छन् ।”

मन्त्री बस्नेतले भूकम्पका कारण ५० उद्यमीको मृत्यु भएको तथा धेरै उद्योगमा क्षति पुगेको जानकारी दिँदै पीडित उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउन छलफल भइरहेको र आगामी दिनमा उद्योगको अनिवार्य बिमाको व्यवस्था गरिने बताउनुभयो ।

mahila uddhami3

उद्योग–सचिव जयमुकुन्द खनालले मुलुकमा साना तथा लघु उद्योगको विकास भएमा मात्र देशको अर्थतन्त्र बलियो हुने विचार व्यक्त गर्नुभयो । उहाँले भूकम्पबाट क्षति भएका उद्योगका अभिलेख सङ्कलनको कार्य जारी रहेको त्यसको परिणाम आएपछि उद्यगीलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा नयाँ आर्थिक वर्षमा बजेटमा व्यवस्था गर्न तयारी भएको जानकारी दिनुभयो ।