
काठमाडौं, १ पुस । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।
बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछछन् । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भएको थियो ।











प्रतिक्रिया