२७ कार्तिक २०८३, शुक्रबार

एमालेको संकल्प यात्रा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियान : वसन्त नेम्वाङ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ३० मंसिर । नेकपा (एमाले)का केन्द्रीय सदस्य ताप्लेजुङ जिल्ला इञ्चार्ज एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले समृद्धिको लागि संकल्प यात्रा एमालेको राजनीतिक अभियान मात्र नभएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियान पनि भएको बताएका छन् ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले संकल्प यात्रा देशलाई समृद्ध बनाउने सम्भावना खोजी गर्ने यात्रा भएको बताए । ‘यो कार्यक्रम नेकपा एमालेको राजनीतिक कार्यक्रम मात्र नभएर सिङ्गो समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान हो’, उनले भने ।

एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल, सुखी नेपाली बनाउने सोचलाई विशाल जनसहभागिताले समर्थन गरेको उनले बताए । राष्ट्रको हित र समग्र देश र जनताको हितलाई सर्वोपरि ठानी अध्यक्ष ओलीले सिङ्गो पार्टी नेतृत्वसहित मध्य पहाडका यात्रा पूरा गरेको उनको भनाइ छ ।

गत मंसिर १४ गतेबाट सुरु भएको अभियानमा झुलाघाटदेखि पाँचथरसम्म भएको जनसहभागिताले नागरिकमा उत्साह जागेको उनले बताए । एमाले र एमाले अध्यक्ष केपी ओलीप्रति यो यात्राले नागरिकमा दृढ विश्वास जागेको उनले दाबी गरे ।

एमालले सुरु गरेको विकास र समृद्धिको काम आज ठप्प भएको उनले बताए । आज देशभरि विकास निर्माणको काम ठप्प भएको भन्दै उनले सरकारको आलोचना गरे । एमालले सुरु गरेको ठूला-ठूला विकासका काम रोकिएको उनको भनाइ थियो ।