६ कार्तिक २०८३, शुक्रबार

बाँके-बर्दियाको तापक्रम ४४ डिग्री नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalgung– सुदीप अधिकारी

बर्दिया, २५ जेठ । बाँके–बर्दियामा सोमबार ३ वर्षयता सबै भन्दा बढी गर्मी महशुस गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगंजका अनुसार सोमबार दिउँसो यहाँको तापक्रम ४४ दशमलव १ डिग्री सेल्सीयस मापन गरिएको छ ।

अत्याधिक गर्मीले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । सोमबार मापन गरिएको तापक्रम तीन वर्ष यता कै उच्च हो । सन् २०१२ जुन महिनामा यहाँको तापक्रम ४५ डिग्री मापन गरिएको थियो । त्यसपछिका वर्ष मध्ये सोमबार नै यहाँको तापक्रम उच्च मानिएको छ

गर्मीले जनताको दैनिकी नै बदलिएको छ । प्रचण्ड गर्मीसँगै यहाँ तातो हावा ‘लू’ चल्ने गरेको छ । ‘लू’ को डरले मानिसहरु अत्यावश्यक काममा बाहेक बाहिर निस्कन सकेका छैनन् । ‘लू’ बाट बच्न मानिसहरु घरको झ्याल बन्द गरेर बस्न बाध्य छन् । चिकित्सकहरुले आवश्यक काममा वाहेका सकेसम्म दिउँसो धुपमा घर वाहिर ननिस्कन सल्लाह दिएका छन् । एकाविहानैबाट सुरु हुने हपहपी गर्मी सुर्य अस्ताउदा समेत ज्यँुको त्यँु रहने गरेको छ ।

गर्मी उथुलपुथुल भएका यहाँका जनतालाई अनियमित विद्युत र लो भोल्टेजले झनै सास्ती बनाएको छ । यहाँ प्रायः दिनभर बत्ती हुदैन । भएपनि भोल्टेज नहुँदा जनताले सास्ती खेप्नु परेको छ । प्रचण्ड गर्मीका कारण मानिसहरु नियमित काममा समेत जान सकेका छैनन् । बालवालिकाहरु विरामी पर्न थालेका छन् ।

गर्मीसँगै स्वास्थ्य संस्थामा विरामीको चाप पनि बढ्दै गएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । ज्वारो आउने, टाउको दुख्ने, स्याँकस्याँक हुने, आखा पोल्ने, नाथ्री फुटने जस्ता लक्षणका विरामीहरु स्वास्थ्य संस्थामा दिनहुँ आउने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।