२७ कार्तिक २०८३, शुक्रबार

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शुक्रबार बिहान लक्ष्मीनियाँ गाउँपालिका ४ सपही नजिकै अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी र कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल ल्याइएको छ ।

बिहान जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपही नजिकै अनियन्त्रित भएर दुर्घटना भएको डीएसपी अवाले बताए ।