२७ कार्तिक २०८३, शुक्रबार

मणिपाल अस्पतालबाट हराएका बिरामी मृत भेटिए

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २९ मंसिर । पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका तनहुँका १९ वर्षीय संगम मिश्र मृत भेटिएका छन् ।

तनहुँ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर बस्दै आएका मिश्र सोमबार अस्पतालबाटै हराएका थिए । मिश्र हराएपछि खोजी गर्दा सेती नदि माथिको पुलमा उनको परिचयपत्र र कपडा भेटिएको थियो ।

सेती नदीमा हामफालेको आशंकामा उनका बुवाले प्रहरीलाई सेती नदीको बाँध खोलेर खोजी गरिदिन अनुरोध गरेका थिए ।

त्यसकै आधारमा बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म सेती बाँध खोलिएको थियो । प्रहरीले दिउँसो सेती नदीको बाँध खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका हुन् ।

उनको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।