३० आश्विन २०८३, शुक्रबार

नेपाल-अमेरिका संघद्वारा पूर्व सल्लाहकार अधिकारीको बिदाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NEAJA Farewell  (5)भर्जिनिया, अमेरिका । नेपाल-अमेरिका पत्रकार संघ (नेजा)ले आफ्ना पूर्व सल्लाहकार प्रताप अधिकारीको सम्मानमा एक बिदाई कार्यक्रम गरेको छ ।

सत्र वर्षदेखि भर्जिनियामा सपरिवार बस्दै आउनु भएका नेपाल टेलिभिजनमा पूर्व कार्यरत अधिकारी सोमबार स्वदेश फर्किएका छन् ।

नेजाको पहिलो अधिवेशन २००७ का प्रमुख निर्वाचन संयोजक समेत रहनु भएका अधिकारी नेजा–बद्रीकूल ग्रामीण पत्रकारिता पुरस्कार मापदण्ड समितिका संयोजक समेत हुनुहुन्थ्यो । सन् २०१०(२०१२ को कार्यकालमा उहाँ नेजाको सल्लाहकार समेत रहनु भएको थियो ।

पारिवारिक एवं व्यक्तिगत कारणले नेपाल फर्कन लाग्नु भएका अधिकारीको सम्मानमा नेजाले शनिवार यहाँ एक बिदाई भेट कार्यक्रमको आयोजना गरेको थियो ।

NEAJA Farewell  (1)

सोही अवसरमा नेजाले आफ्ना संस्थापक सदस्य मध्ये एक मेरिल्याण्डको इन्डियन हेड नगरको उप–मेयरमा हालै निर्वाचित हुनु भएका किरण सिटौलालाई कार्यकाल सफलताको शुभकामनासहित स्वागत पनि गरेको थियो । संस्थाका दुवै सदस्यलाई नेजाका अध्यक्ष गौतम दाहालले खादा लगाएर बिदाई र स्वागत गर्नु भएको थियो ।

विदाई कार्यक्रममा नेजाका पूर्व कोषाध्यक्ष गुणराज लुइँटेल, आजीवन सदस्य गोविन्द गिरी प्रेरणा, सक्रिय सदस्य अंकुश नेपाल, पूर्व सदस्य मुक्ति दवाडी, स्थानीय संचारकर्मी खेम भट्टचन लगायतका संचारकर्मीहरुको उपस्थिति थियो ।