
तनहुँ, २८ मंसिर । ९ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्ल गण्डकी नगरपालिकाका ७२ वर्षीय रनबहादुर सारू मगर रहेको प्रहरीले जनाएको छ ।
बुधबार पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मगर विरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया