
काठमाडौं, २७ मंसिर । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।
प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका काम कारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।
यसअघिका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए ।
सभामुखले महासचिव नियुक्तिमा भएको ढिलाइबारे चासोसहित राष्ट्रपतिसँग संवाद गर्न चाहेपनि सम्पर्क हुन नसकेको सभामुखको सचिवालयले जनाएको छ ।











प्रतिक्रिया