– रबिना बोहरा
बागलुङ, २५ जेठ । विद्यालय तहमै कम्प्युटर इन्जिनियरिङ बिषय पढ्न पाउने भएपछि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।
बागलुङ जिल्ला स्थित बहिरा आवासीय माविमा गत बर्षबाट कम्प्युटर इन्जिनियरिङ बिषय पढाउन थालेपछि विद्यार्थीहरु आकर्षीत भएका हुन् । सरकारले हरेक जिल्लालाई एउटा बिषय समेटर स्वीकृत दिएपछि कम्प्युटर इन्जिनियरिङ बिषय बहिरा विद्यालयमा सञ्चालन हुँदै आएको छ ।
बहिरा विद्यालयमा जिल्ला भन्दा बाहिरी जिल्लाका विद्यार्थीहरु पनि पढ्न आएका छन् । कक्षा ९ र १० मा सञ्चालित कम्प्युटर इन्जिनियरिङ बिषय पढ्ने ३० जना रहेको विद्यालयले जनाएको छ । बहिरा विद्यालयले जनजाती, गरिब, दलित तथा पिछडिएका बर्गलाई समेटर निशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ ।
सहयोग गर्न सक्ने अभिभावकहरुले मात्र बार्षीक रुपमा ३ हजार सहयोग गर्ने भएता पनि विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयले निशुल्क शिक्षा दिदै आएको हो । विद्यालयले कक्षा ५ देखि नै कम्प्युटर शिक्षा दिदै आएको छ । कुल एक सय ६० जना विद्यार्थी रहेको विद्यालयमा ९७ जनालाई मात्र राज्यले छात्राबत्ती दिएको छ ।
मासिक २५ सयका दरले १० महिनामा २५ हजार प्रति विद्यार्थीका लागी राज्यबाट आउने गरेको छ । विद्यालयमा कुल विद्यार्थी मध्य १० प्रतिशत सामान्य एवं गरिब विपन्न विद्यार्थीहरुले पनि अध्ययन गर्दै आएका छन् । कम्प्युटर इन्जिनियरिङ बिषय पढाउनका लागी प्लान नेपालले ९१ लाख ६३ हजार ५ सय सहयोग गरेको छ । २३ जना शिक्षक एवं कर्मचारी रहेका बहिरा विद्यालयमा ३ जना मात्र दरबन्दिका शिक्षक रहेका छन् ।
विद्यालयमा निमावि र माविका शिक्षकको कुनै पनि दरबन्दि नभएको भन्दै निजी स्रोतबाट शिक्षक एवं कर्मचारी परिचालन गर्दा समस्या भएको बताएका छन् । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, सिन्धुपालचोक, बर्दिया, डोटी, बारा, गुल्मीका पनि रहेको बिद्यालयले जनाएको छ ।
शैक्षिक बेरोजगारको समस्या हल गर्नका लागी पनि प्लान नेपालले सहयोग गर्ने बताएको विद्यालयका प्रशासकिय प्रबन्धक दिपक गौतमले बताउनुभयो ।
















प्रतिक्रिया