
काठमाडौं, २६ मंसिर । नेकपा (एमाले)को मध्यपहाडी संकल्प यात्रा अभियानलाई अवरोध गर्न खोज्ने ८ जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुंगा, खोटाङलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए । उनका अनुसार अहिले सबैतिरको अवरोध हटाइसकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ती गरिरहेको र सुरक्षा अवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
संकल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी-हर्कपुर आउने कार्यक्रम छ ।











प्रतिक्रिया