६ कार्तिक २०८३, शुक्रबार

श्रीमती हत्याको आरोपमा खोटाङमा एक युवा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २५ जेठ । श्रीमतीको हत्या गरेको आरोपमा खोटाङमा एक युवा पक्राउ परेका छन् । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा कुभिण्डे–३ का २७ वर्षीय मनकुमार श्रेष्ठ शनिबार पक्राउ परेका हुन् ।

जेठ २० गते बिहान श्रेष्ठको श्रीमती शुष्मा भनिने २६ वर्षीया लीला राई (श्रेष्ठ) घर नजिकै केराघारीमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या स्वयम् आफ्नै श्रीमानले गरेको भन्ने माइतीपक्षबाट किटानी जाहेरी आएपछि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो ।

पक्राउ परेका श्रेष्ठलाई आइतबार जिल्ला अदालत खोटाङ लगेर चार दिनको म्याद थप गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । उनले श्रीमतीलाई जेठ १९ गते राति सामान्य कुटपिट गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।

मृत फेला परेकी महिलाको ढाड र पाखुरामा निलडाम भेटिएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ । उनको हत्या भएनभएको बारे अस्पतालबाट शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको गौतमको भनाइ छ ।

उनीहरुबीच चार वर्षअघि प्रेम विवाह भएको स्थानीयले जनाएका छन् । स्थानीयले दिएको जानकारी अनुसार उनीहरुका दुई भाइ छोरा छन् । रासस