२९ आश्विन २०८३, बिहिबार

विश्वकप खेल्न राष्ट्रिय क्रिकेट टोलीको भारतमा विशेष तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Cricket_03काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्व ट्वान्टी–२० छनोटका लागी भारतमा बन्द प्रशिक्षण गरिरहेको छ। आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व ट्वान्टी–२० छनोटको तयारी गर्ने उद्देश्यले नेपाल जेठ १७ गते भारत भएको थियो।
टोलीले शुक्रबार देखी हिमाञ्चल प्रदेश क्रिकेट एशोसियशन स्टेडियममा १५ दिन बन्द प्रशिक्षण गर्नेछ। विश्व ट्वान्टी–२० छनोट जुलाई ९ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुँदैछ।
नेपालले लिस्ट ‘ए’ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको दुई खेल जुलाई २९ र ३१ मा स्कटल्यान्डविरुद्ध खेल्ने कार्यक्रम छ। नेपाली टोली मे २० तारिख नेपाल फर्कने नेपाल क्रिकेट संघ(क्यान)ले बताएको छ। क्यानले छनोट खेल र च्याम्पियनसिपका लागि २२ सदस्यीय टोली छनोट गरेको छ।
छनोटअघि नेपालले इङ्ल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने तयारी भइरहेको क्यानले जनायो। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले हिमाञ्चल प्रदेशको बन्द प्रशिक्षणले टोलीलाई आफनो लक्ष्य हासिल गर्न सहयोग गर्ने बताए। भारतीय सञ्चार माध्यमसँग खड्काले भने, ‘हामीले पछिल्ला केहि दिन धेरै दुखदायीपुर्ण अवस्थाको सामना गर्यौं । तर हामी सामान्य अवस्थामा फर्किने कोसिस गरिरहेको छौं। अहिलेको आवश्यकता भनेकोे प्रशिक्षणमा ध्यान दिने हो। अब हामी ब्याट र बलको बारेमा सोचिरहेको छौं।’
बिसिसिआइको सहयोगमा नेपाली टोलीले हिमाञ्चलमा प्रशिक्षण गरिरहेको छ। २७ वर्षे पारसको नेतृत्वमा नेपालले दोस्रोपल्ट विश्व ट्वान्टी–२० छनोट हुने लक्ष्य राखेको छ।

यसअघिको छनोट खेलमा नेपाल तेस्रो हुदै बंगलादेशमा भएको विश्व ट्वान्टी–२० क्रिकेट खेलेको थियो। यसपल्ट विगतको भन्दा राम्रो गर्ने लक्ष्य लिएको पारसले बताए। उनले थपे, ‘आसा सधै उच्च हुन्छ। हामी बस्ने देशमा हरेक ब्यक्तिले हाम्रो उत्सुक्ता पुर्वक हेरिरहेको हुन्छन। उनीहरु आफनो टिम र खेलाडीले सक्दो सफलता हासिल गरेसो भन्ने चाहन्छन। हामीले पछिल्लो समय राम्रो पनि गरिरहेको छौं। यहि लयमा हामी माथिल्लो स्तरमा राम्रो गर्ने कोशिस गर्नेछौं।’ आजको नागरिक दैनिकमा समाचार छ ।