२९ आश्विन २०८३, बिहिबार

डेङ्गुबाट सातजना सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lamkhutteदमक, २५ जेठ । झापामा यो वर्ष पनि डेङ्गुको जोखिम बढ्न थालेको छ ।

जिल्ला जनस्वाथ्य कार्यालय झापाले डेङ्गु जातको भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढी सक्रिय हुने भएकाले जिल्लाभित्र यसको सङ्क्रमण देखिन थालेको जनाएको छ ।

चालु आर्थिक वर्षमा सातजनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।

वर्षाको समयमा लामो समयसम्म खुल्ला ठाउँमा जमेको पानीमा यो जातको लामखुट्टेले लर्भा बनाउने भएकाले यसको सङ्क्रमण बढ्ने गरेको कार्यालयका अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

फोहोर स्थान र लामो समयसम्म जमेको पानी यो लामखुट्टेको उत्तम बासस्थान र लार्भा उत्पादनको उपयुक्त स्थान हुने उहाँले बताउनुभयो ।

बर्खायामभरि यसको सङ्क्रमण उच्च रहने उहाँको भनाइ छ ।

गत दुई वर्षको अवधिमा झापामा २८१ डेङ्गुबाट सङ्क्रमित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०६९/०७० मा ७८ र गत आव.२०७०/०७१ मा २०३ जनामा डेङ्गु रोग देखिएको थियो ।

मुख्य याममा यसको सङ्क्रमण अझ बढ्न सक्ने भएकाले त्यसबारे सचेत रहनुपर्ने जिल्ला जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहताले बताउनुभयो ।