नेपालगन्ज, २५ जेठ । प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो टोलीले नेपालगन्ज उपमहानगरपालिका—२५ सुर्जिगाउँका सुभाष भण्डारीलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।
ब्यूरो प्रमुख अशोकसिंह ठकुरीका अनुसार आरोपीबाट प्रहरी टोलीले एक हजारको ४२ थान र ५०० को २१६ थान गरी एक लाख ५० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो ।
नक्कली भारतीय नोटको कारोबारमा तीन भारतीय नागरिक र एकजना नेपालगन्ज—१७ निवासी राजु कबडिया पनि संलग्न रहेको तर उनीहरु फरार रहेको जनाइएको छ ।
प्रहरीले सो घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने पक्राउ आरोपीमाथि खोटा चलनअन्तर्गत मुद्दा दर्ता गर्ने भएको छ ।















प्रतिक्रिया