३ कार्तिक २०८३, मंगलबार

ठूला नेताका ठूला पेट, मैदानमा हाँसोको फोहरा, सानो पेट कोइरालाको रे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thula Neta Ko  Petकाठमाडौं, २५ जेठ । शनिबार नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल सुरु हुँदै थियो ।

कार्यक्रमका सञ्चालक नेतालाई खेलाडीका रुपमा परिचय गराउँदै थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको पालो आएपछि कार्यक्रम सञ्चालकले भने, ‘पेट अलि सानो भइदिएको भए उहाँ सबैभन्दा फिट देखिनुहन्थ्यो ।’

मैदान हाँसोले गुन्जिएपछि अर्का सञ्चालकले थपे,‘छैन, छैन उहाँको पेट देखिएको छैन, देखाइएको हो ।’

हल्चोकस्थित सशस्त्र प्रहरी खेलमैदानमा निस्किएको प्रसंगले सामाजिक सञ्जालमा भूडी बहस कै रुप लिएको नागरिक दैनिकले छापेको छ ।

केही बेरमा अनलाइनहरुले नेताका पुट्ट देखिने भूँडी अपलोड डरेपछि धेरै नेताले भँडीभित्र बल लुकाएको भन्दै व्यंग्य पनि कसे ।

खेलमा प्रधानमन्त्री सुशील कोइरालाबाहेक अधिकांश शीर्ष नेता छिट्टै मैदानबाट बाहिरिएका थिए ।

नेता टिमका क्याप्टेन कोइरालाले क्यान्सरको उपचार गराएका भए पनि सबैभन्दा स्वस्थ र सानो पेट देखिएका थिए ।

उनले हावामा उडे बल प्रहार गरेको तस्बिरले चर्चा पनि बटुल्यो ।