काठमाडौं, २५ जेठ । पुनरावेदन अदालतका २७ जना अस्थायी न्यायाधीश आफूहरूको थपिएकोम्म्याद पनि मंगलबारदेखि समाप्त हुने भएपछि फेरि म्याद थपका लागि न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँग गुहार माग्न पुगेका छन्।
आइतबार अपराह्न साढे चार बजे २७ मध्ये २३ जना अस्थायी न्यायाधीशले सर्वोच्च अदालतमा रहेको प्रधानन्यायाधीश साहको च्याम्बरमै पुगेर म्याद थपका लागि अनुनयविनय गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
परिषद् बैठकअनुसार उनीहरूलाई २०७० साल जेठ २७ गते पुनरावेदनको अतिरिक्त ९न्यायाधीश० मा नियुक्तिको निर्णय भएको थियो।
गत वर्ष एक वर्षका लागि थपिएको म्याद पनि यही २६ जेठबाट सकिँदैछ।
अस्थायीबाटै म्याद सकिने अवस्था आएपछि उनीहरूले प्रधानन्यायाधीशलाई भेटेर दुई दिनभित्रै परिषद् बैठक डाक्न भनेका हुन्।















प्रतिक्रिया