३ कार्तिक २०८३, मंगलबार

बहुविवाह गर्नुस् नेपाली सेनामा बढुवा पाउनुस् !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marrigeकाठमाडौं, २५ जेठ । विवादास्पद महासेनानी भुवनकुमार अधिकारीलाई नेपाली सेनाले तयार पारेको नेपाली सेनामा रथीवृन्द तथा अधिकृतहरुको पदावधिसम्बन्धी कार्यविधि २०७१ को सैनिक आदेश विपरित बढुवाको तयारी गरिएको छ।

नेपाली सेनाको बजेट महाशाखाको प्रमुखका रुपमा कार्यरत रहेका अधिकारीलाई बढुवा गर्न सैनिक सचिवको सचिवालय र सेनाको बढुवा समितिले सबै तयारी अन्तिम चरणमा पुर्‍याएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

महासेनानी अधिकारीले बहुविवाह गरेको भन्दै जिल्ला अदालत काठमाडौंले मानाचामल भर्ने आदेश गरेको भएपनि अहिलेसम्म सो आदेश कार्यान्वयन भएको छैन् ।

अदालतले अधिकारीको पहिलो श्रीमती राधिका अधिकारी गौतमले दिएको मानाचामलसम्बन्धी मुद्धामा प्रतिमहिना ५ हजारका दरले रकम उपलब्ध गराउन आदेश दिएको थियो ।