३ कार्तिक २०८३, मंगलबार

पन्ध्र सयमा बालिका किनेर आमाबाबु बने प्रेम र विष्णु बादी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu & Preem Badiजाजरकोट, २५ जेठ । तीन वर्षीया एक बालिकालाई १५ सय रुपैयाँमा किनेर खगेनकोट– १ जाजरकोटका प्रेम वादी र उनकी पत्नी विष्णु आमा–बाबु बनेका छन् ।

आफ्ना सन्तान नभएका उनीहरूले भेरी नदीमा फालिएकी बालिकालाई किनेर ती बालिकाको अभिभावक बनेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

किनिएकी बालिकाका आमा–बाबु बनेको घटनालाई भने उनीहरूले तीन वर्षसम्म गोप्य राख्दै आएका थिए ।

किनेर पालेकी ती बालिकालाई उनीहरू छोरी भनेर हुर्काउँदै छन् ।

माछा मार्ने क्रममा भेरी नदी किनारमा भीमबहादुर वादीले ती बालिकालाई फेला पारेका थिए ।

भीमबहादुरसँग प्रेमले १५ सय रुपैयाँ तिरेर बालिका किनेका थिए ।

माछा मार्न १५ भदौ ०६८ मा भेरी नदी पुगेका भीमबहादुरले बालिकाकी आमाले १५ दिनकी सिसु फाल्दै गरेको फेला पारेका थिए ।

बालिकालाई नदीमा फाल्नबाट जोगाएका भीमबहादुरले बालिका आफूले लिए भने बालिकालाई जन्मदिने आमाचाहिँ त्यहीँबाट भागिन् ।

बालिकाकी आमाले अवैध सम्बन्धबाट जन्मेको बताए पनि आफ्नो परिचय नदिई भागेको भीमबहादुरले बताए ।

भीमबहादुर र प्रेम दुवैले माछा मारेर जीवन गुजारा चलाउँदै आएका छन् ।