२८ आश्विन २०८३, बुधबार

अपरहणमा परेका नेपाली युवा अझै फेला परेनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maniram-Kewat-Nepali-Apaharan-Malaysia

अर्जुन काफ्ले

मलेसिया । मलेसियामा अपहरणमा परेका युवाको खोजीका लागी बुधवार नेपाली राजदुतवास मलेसियाको गृहमन्त्रालयलाई पत्र पठाएको छ ।

एक हप्ता अघि मलेसियाको केपुङ्ग स्थित बसपार्कबाट रुपन्देहीका मनिराम केवट अपहरणमा परेका थिए । बुधवार जिफन्ट मलेसियाका अध्यक्ष जनक बिक सहितको एक टोलीले प्रहरी रिपोर्टसहित नेपाली दुतावासमा केवटको खोजी गरिदिन आग्रह गरेको थियो ।

केवट काम गर्दै गरेको कम्पनीका मालिकले समेत अपहरितको खोजी गरिदिने काममा सहयोग गर्न नेपाली दुतावास समक्ष आाग्रह गरेका छन् । बिकले दिएको जानकारी अनुसार केवटको खोजी अपहरण परेको स्थानमा समेत गरिँदैै आएको छ । केवटले चलाउँदै आएको मोबाइलमा फोन लागेपनि उनको अवस्था हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।