
काठमाडौं, १७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरू देशद्रोही भएको बताएका छन् ।
एमालेले सुरू गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगत आइतबार दैलेखको राकम कर्णालीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काही प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरु देशद्रोही र लोकतन्त्रविरोधी भएको बताएका हुन् ।
ओलीले लोकतान्त्रीक गणतन्त्रको विरोधमा बोल्नेहरू नेपाल र नेपालीको हित विपरीत भएको जिकिर गरे । विभिन्न प्रकारका भ्रमहरू फैलाएर मुलुकको एकता बिथोल्न खोज्नेहरुप्रति सजक रहनुपर्ने र राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको भनाइ छ ।
ओलीले वर्तमान गठबन्धनको सरकार आएपछि मुलुकको विकास अवरुद्ध भएका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको तर्क गरे ।















प्रतिक्रिया