९ कार्तिक २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाणलाई कांग्रेसको सम्मान !

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई नेपाली काँग्रेसले सम्मान गरेको छ ।

हाल थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेको काँग्रेस नेता खाँणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको हो । बुटवलमा आयोजित कार्यक्रममा खाणलाई काँग्रेस सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।

देउवाले बालकृष्णको सम्मान उनका भाइ रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मुख्यमध्येका एक खाँणलाई प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेको थियो।