१ कार्तिक २०८३, आइतबार

सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १७ मंसिर । आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो ।

‘मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै निजले वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरुसँग मासिकरुपमा रकम उठाइरहेको सूचनाका आधारमा प्रहरी टोलीले कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।