
काठमाडौं, १६ मंसिर । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रालाई यात्रा आरम्भ भएको दिनदेखि नै व्यापक जनसहभागिता जुटेको छ ।
शुक्रबार साँझ डोटी बास बसेको अभियानको टोली शनिबार बिहानै त्यहाँबाट अछाम तर्फ अघि बढेको थियो। सिलगढीबाट अघि बढेको टोली डोटीको साजघाट पुग्दा स्थानीयले भव्य स्वागत गरेका थिए ।
त्यस्तै अछामको चौखुट्टेमा पुग्दा पनि एमाले संकल्प यात्राको टोलीलाई स्थानीयले भव्य स्वगत गरेका थिए ।
आज यात्राका क्रममा अछाम सदरमुकाम मंगलसेन र अछामकै साँफे बगरमा आयोजित सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधनसमेत गरेका छन् ।
टोली आज अछाममा बास बसेको छ ।
















प्रतिक्रिया