९ कार्तिक २०८३, सोमबार

मुनाले रोजगारीको प्रलोभन देखाइ नाबालिका र दुई महिलालाई भारतमा बेचेको खुलासा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । मानव बेचविखनको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल रहेकी छिन् ।

सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा पुर्‍याई बेचबिखन गरेको भन्ने उजुरीको आधारमा काठमाडौंको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा मुना कुमारीलाई नेपालगंजबाट पक्राउ गरेको हो ।

मुना कुमारीले भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको, आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका, एकल महिलाहरूलाई टार्गेट बनाउने गरेको तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिका सहित २ जना युवतीलाई बेचबिखन गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

उनीविरूद्व काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।