९ कार्तिक २०८३, सोमबार

मोरङ–कटहरी हुलाकी सडकको निर्माण कार्य पुन: सुरू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । मोरङ कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक वर्ष पछि पुन: सुरू भएको छ ।

निर्माण कार्य रोकिएको लामो समय पछि सुरु भएको सडक खण्डको निर्माण समयमा सकिने स्थानीयहरूले बताएका छन् । हुलाकी राजमार्गको अन्य क्षेत्रमा निर्माण कार्य भइरहदा यो सडक खण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीयले चक्काजाम र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम समेत गरेका थिए ।

२०७६ कार्तिक २४ गते काठमाण्डौको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले तीन वर्षा काम सक्ने गरी सो सडक खण्डको ठेक्का पाएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि म्याद थप गरिएकोमा श्रेष्ठ कन्स्ट्रक्सनले अर्को ठेकेदारबाट काम गराइरहेको कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।

आगामीे वैशाख सम्ममा काम सक्ने गरी नयाँ ठेकेदारले काम गरिरहेको र अहिले सडक छेउछाउमा नाला बनाउने कार्य सुरु भएको छ । विगत ३ वर्षा सो सडक खण्डको करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ ।

२०७९ कार्तिक मसान्त सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक खण्डको लागत करिब ८४ करोड रुपैया रहेको छ ।