
काठमाडौं, १६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् ।
मध्यपहाडी लोकमार्ग पदयात्रा अभिायनअन्तर्गत अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन् ।
गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता, अराजकता फैलिएको र ओरालो लागेको उनले टिप्पणी गरे । ओलीले सरकारको ध्यान देश विकासमा नभई तस्करी भ्रष्टाचारमा केन्द्रीत रहेको आरोप लगाए ।
ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली—मेची अभियान गरिएको जिकिर गरे ।
ओलीले एमालेका हरेक नेता तथा कार्यकर्ताहरू आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिए ।















प्रतिक्रिया