रक्सीले मातेकी एक महिलाले टर्कीमा हंगामा मच्चाएकी छिन् । टर्कीको एउटा होटलमा सबैको सामुन्ने पूरै कपडा खोलेपछि होटलमा हंगामा मात्रै मच्चिएन, प्रहरी नै बोलाउनु पर्ने अबस्था सिर्जना भयो ।
महिला उनकी पतिको साथमा टर्कीमा घुम्न पुगेकी थिइन् । जतिबेला उनी पतिका साथ पौडी खेल्न स्वीमिङ पुलमा पुगिन्, शरीरमा भएका सबै कपडा खोलेर नांगो बनिन्, जबकि स्वीमिङ पुलमा अरु महिलाहरु पनि थिए ।
त्यो देखेर होटलका सुरक्षा गार्डले तुरुन्तै कपडा लगाएर कुनै कोठामा जान आग्रह गरे । तर, ती महिला र उनका पति पो के कम ? उनीहरुले होटलका सुरक्षागार्डमाथि हातपात गर्न थाले । त्यसपछि सुरु भयो हंगामा । यिनीहरुको आक्रमणबाट दुईजना प्रहरीसहित होटलका कयौँ कर्मचारी घाइते बने । यसपछि पुलिसले यी आरोपी जोडीलाई हिरासतमा लिएर कपडा लगाउन कोसिस गर्यो ।
होटल कर्मचारीले कपडा लगाउन पटकपटक भनेपनि ती महिलाले मानिनन्, प्रहरीले जबर्जस्ती कपडा लगाउन लगाउनुप¥यो ।
प्रहरीका अनुसार, नाँगै हुने जोडीले ज्यादा मात्रामा रक्सी पिएका थिए । बेलायतबाट प्रकाशित हुने डेली मेलका अनुसार, ब्रिटेनकी यी महिला सबैको अगाडि नांगो बनेपछि तत्काल भिसा रद्द गरी टर्कीबाट लण्डन फिर्ता गरिएको थियो । यो घटनालाई एउटा पाठका रुपमा लिन सकिन्छ । एजेन्सीको सहयोगमा



















प्रतिक्रिया