९ कार्तिक २०८३, सोमबार

प्रचण्ड-माकुने षड्यन्त्र हुँदा पनि पार्टी जोगियो, तपाई सबैलाई धन्यवाद: केपी शर्मा ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सारा शक्ति एमाले सिध्याउन लागि परेपनि जनताको सहयोगले जोगिएको बताएका छन् ।

मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित देशी विदेशी शक्ति लाग्दा पनि जनताले पार्टी जोगाएको भन्दै सम्पूर्णलाई धन्यवाद दिएका हुन् ।

‘प्रचण्ड षडयन्त्र भए माकुने षडयन्त्र भए अरू षडयन्त्र भए ती सबै षडयन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ । पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिध्यााउन लाग्दा पनि पार्टी सकिएन’, ओलीले भने, ‘तपाइ सबैलाई धन्यवाद ।’

वर्तमान सरकार धोद्रा परेको सरकार भएको भन्दै अध्यक्ष ओलीले धेरै दिन नटिक्ने दावी गरे ।