९ कार्तिक २०८३, सोमबार

भूकम्पले क्षतिग्रस्त काँग्रेसको पार्टी कार्यालयको भग्नावशेष एमालेको टोलीले हटायो (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । भूकम्प प्रभावित जाजरकोटको खटिएको नेकपा एमालेको स्वयंसेवकको टोलील भूकम्पले भत्किएको नेपाली काँग्रेसको वडा कार्यालय भवनको भग्नावशेषको व्यवस्थापन गरेको छ ।

बारेकोट गाउँपालिका वडा नम्बर ५ को काँग्रेसको कार्यालय भवनको भग्नावशेष एमालेको स्वयंसेवक टीमले व्यवस्थापन गरेको हो ।

भूकम्प गएको झण्डै एक महिना पुग्नै लाग्दासम्म पनि भग्नावशेष हटाउन काँग्रेसलेसमेत चासो नदेखाएपछि बारेकोट गाउँपालिका १ मा खटिएको एमालेको टोली एफ वान ले भग्नावशेषको व्यवस्थापन गरेको हो ।

सो वडामा सुत्केरी, गर्भवती, अशक्त नागरिकहरूका लागि अस्थायी टहरा निर्माण गरिरहेको नेपाल किसान महासंघको टीम एफ वानले भग्नावशेषको व्यवस्थापन गरेको हो ।