९ कार्तिक २०८३, सोमबार

अभियान्ता ई: सँगको सहमति कार्यान्वयनका लागि महानगरले गठन गर्‍यो समिति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । अभियान्ता ई: सँग भएको सहमति कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले समिति गठन गरेको छ ।

गत असोज १९ गते भएको सम्झौता कार्यान्वयनका लागि अध्ययन समिति गठन गरेको हो ।

गठित समितिमा काठमाडौं महानगरको तर्फबाट एक वडाध्यक्ष, एक नगर प्रहरी अधिकारी र कानुन विभागबाट ३ जना, ट्राफिक प्रहरी कार्यालयका एक प्रतिनिधि, सडक विभागका एक प्रतिनिधि, शहरी विकास मन्त्रालयका एक प्रतिनिधि र ई:का तर्फबाट कानुन व्यवसायी सुदन मुल्मी र फुटपाथ व्यवसायी सुजन गिरी छन् ।

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित ई: ले १९९ घण्टा उभिएर प्रदर्शन काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।