२८ आश्विन २०८३, बुधबार

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, १५ मंसिर । न्यूयोर्कमा आयोजित ११५औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती भव्यताको साथ सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर (शाखा) को आयोजनामा ११५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती कविता वाचनको साथै मन्तब्यसहित कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयार्क शाखाको २०२३-२०२५ को लागि सम्पन्न भएको निर्वाचनमा साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको पनि चयन गरिएको छ । नयाँ कार्य समितीमा अध्यक्षमा लक्ष्मी श्रेष्ठ, उपाध्यक्षमा जानुका वस्ती ढकाल, महासचिवमा नदिया लिबांग, सचिवमा मेनका पराजुली र कोषाध्यक्षमा सिर्जना लामा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिमा संयोजकमा किरण काफ्ले सहित बद्री पौडेल तथा हरि शर्मा सदस्यहरु रहेका थिए ।

यसैगरी, कार्यक्रममा गायिकाहरुको उपस्थित समुहद्वारा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान संयुक्त रुपमा प्रस्तुत गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्ने क्रममा साहित्यकार तथा सम्पादक युयुत्सु शर्माले नेपाली कविता र अँग्रेजी कविता पनि वाचन गरेर सुनाएका थिए ।

नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका सदस्य हरि शर्मा पदिय मर्यादाको सपथ ग्रहण पनि गराएका थिए । सोही अवसरमा केन्द्रका अध्यक्ष साहित्यकार गोबर्धन पूजा, उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठ तारा किशन फ़ाउण्डेशनका संस्थापक साथै अनेसासका सल्लाहकार साहित्यकार किशन सिंह धामी, केन्द्रका सदस्य साहित्यकार शकुन ज्ञवाली, सल्लाहकार सिता खरेल, बन्दना कोईराला, कुन्ती थापा साथै बिओटीका निवर्तमान अध्यक्ष साहित्यकार गिता खत्रीले अनेसास केन्द्रका नवनिर्वाचित सम्पूर्ण टोलीलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा अनेसास बिओटीका निवर्तमान अध्यक्ष साहित्यकार गिता खत्रीको नयाँ कृती उपन्यास “रोबर्ट जर्ज” को समीक्षा बिओटीका सदस्य च्याप्टरका सल्लाहकार, साहित्यकार तथा समिक्षक रश्मी भट्टले गरेकी थिइन् ।