
काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका बैतडीका जिल्ला अध्यक्षसहित पार्टी पंत्तिनै नेकपा (एमाले) मा समाहित भएको छ ।
एमालेले सुरू गरेको झुलाघाट(चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीमा आयोजना आमसभामा नेकपा (एस) का केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन् ।
यस्तै, नेपाली काँग्रेसबाट पाटन नगरपालिकाकी पूर्व उपमेयर सरस्वती कोली र काँग्रेस निकट नेपाल दलित संघका पूर्व अध्यक्ष रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन ।
















प्रतिक्रिया