काठमाडौं, २४ जेठ । बिनाशकारी भूकम्पबाट प्रभावित नुवाकोटका विद्यालयमा राष्ट्रिय युवा परिषद नेपालले शैक्षिक सामग्री वितरण गरेको छ ।
भूकम्पबाट पूर्णरुपमा क्षति भई हाल बिद्यार्थीहरु कक्षाकोठा बाहिर अध्ययन गराइरहेका विद्यालयका विद्यार्थीलाई एक बर्षको लागि आवश्यक पर्ने बिभिन्न शैक्षिक एवम् खेलकुदको सामग्रीहरु दिई उनीहरुको शैक्षिक स्तरमाथि उठाउने अभियान अन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको हो ।

शुक्रबार नुवाकोटको श्री पारिजात प्राथामिक बिद्यालय र श्री विद्या निकेतन प्राथामिक बिद्यालयका १ सय बिद्यार्थीहरुलाई १ बर्षको लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्रीहरु दिएको राष्ट्रिय युवा परिषदले जनाएको छ ।
सय जना विद्यार्थीलाई कपी, डटपेन, सिसाकलम, जोमेट्रिक बक्स, कलर पेन, इरेजर, स्केल र सापनर प्रदान गरिएको छ । यस्तै, विद्यालयलाई सेतो पाटी, मारकर, मारकरको मसी (१ बर्षको लागि पुग्ने गरी), टेबुलमा कागजात राख्ने फोल्डर, क्यालकुलेटर, स्टयाबलर सानो र ठुलो साथै पिन पनि बर्षको लागि पुग्ने गरी, डस्टर, फुटबल, भलिबल, पम्प –हावा हाल्नको लागि, व्याडमिन्टन र कक प्रदान गरिएको छ ।

परिषद्ले शिक्षकहरुलाई उत्प्रेरित गराउनको लागि कलम, नोटबुक र सानो डायरी समेत दिएका छन् । शिक्षकलाई कालो पेन, रातो पेन, नोट बुक, सानो डायरी प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा बिद्यार्थीहरुलाई मोटिभेसनल कक्षा दिई डराईरहेको उनीहरु कलिलो मस्तिष्कलाई पुन ताजकी पनि प्रदान गरिएको थियो ।

शैक्षिक सामग्री पाएपछि विद्यार्थीले अन्त्य भई सकेको हाम्रो शैक्षिक यात्रालाई पुन अगाडी लान सहयोग गर्ने सस्था र व्यक्तिहरु प्रति निकै हामी आभारी छौ बन्दै आगामी दिनहरुमा अझै ठुलो सहयोगको अपेक्षा गरेका छौ भनेर धन्यवाद ज्ञापन गरेका थिए ।
परिषद्को यो अभियानलाई मास्टर फाउन्डेसन, श्री चण्डिका टुर्स एण्ड ट्राभल्स, किरण उत्कृष्ट ढुवानी सेवा बालाजु, हाल जापानमा कार्यरत नबराज बस्नेत लगायतले सहयोग गरेका छन् ।















प्रतिक्रिया