६ कार्तिक २०८३, शुक्रबार

एमालेद्धारा डाँडागाउँमा एकैदिन १५ घरको व्यवस्थापन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml (4)काठमाडौं, २४ जेठ । नेकपा एमालेको राष्ट्रिय स्वयंसेवक परिचालन अभियान अन्तर्गत डाँडागाउँमा एकैदिन १५ घर व्यवस्थापन गरिएको छ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं. ५ अन्तर्गतका स्वयंसेवकहरुले बूढानीलकण्ठस्थित डाँडागाउँमा जेठ २३ गते शनिवार एकैदिन बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई जोखिमपूर्ण बनेका १५ वटा घरहरू भत्काएर व्यवस्थित गर्ने कार्य सम्पन्न गरेको हो ।

uml (2)

१५ घरहरुको उचित व्यवस्थापन सहित ७ वटा घरहरुमा जस्ता छाउने कार्य समेत सम्पन्न गरेको छ । नेकपा एमाले, काठमाडौ क्षेत्र नं. ५ अन्तर्गत ७ वटा टोली जनताको घर टहरा व्यवस्थित गर्ने कार्यमा अभियानको आरम्भदेखि नै निरन्तर लागिरहेको र डाँडागाउँमा यही अभियान अन्तर्गत बूढानीलकण्ठ टोली विशेष परिचालित भएको हो ।

बैशाख १२ गतेको महाभूकम्पले यस गाउँका ६८ घरधुरी नै बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका थिए । क्षेत्र नं. ५ अन्तर्गत झोर, फुटुङ र नुवाकोटसँग सीमाना जोडिएको यस गाउँमा बूढानीलकण्ठ चोकबाट गाडीमा जानै पनि आधा घण्टा लाग्ने गर्दछ ।

uml (1)

तामाङ्गहरुको बाहुल्य रहेको र नगण्य मात्रामा मगरको बसोबास रहेको यस गाउँ पर्यटकीय हिसाबले निकै रोमाञ्चक र प्राकृतिक रूपमा अत्यन्तै सुन्दर छ तर त्यतिकै मात्रामा यहाँको बासीन्दाहरुको दुःख र गरिबी छ, पार्टीका स्थानीय डाँडागाउँ निवासी नेता दोर्जे तामाङ्गले डाडाँगाउँको बारेमा भन्नुभयो ।

पार्टीको विशेष परिचालनमा भएको यही टोलीमा अनेरास्ववियुका केन्द्रीय टिमका करिब ५० जना विद्यार्थी र पार्टीका स्वयंसेवकहरु गरी १६० जनाको उपस्थितीमा १४ वटा समूहले उक्त गाउँमा विहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म जनताको साथमा स्वयंसेवा कार्य गरेको र जनताको पनि उत्साहवद्र्धक सहभागिता रहेको नेकपा एमाले क्षेत्र नं. ५ की सचिव अनिता लामाले बताउनुभयो ।

uml (3)जनताको भग्नावशेष भएका घरबाट सामानहरू सुरक्षित झिक्ने, टायल, ईँटा तथा ढुङ्गाहरु मिलाएर राख्ने कामका साथै हिजो नै अनेरास्ववियुको एउटा समूहले भग्नावशेष हटाइरहेको घरबाट एक हजार २५० भेटिएको र घरधनीलाई जिम्मा दिँदा विद्यार्थीका समूह र घरधनीका बीचमा देखिएको सौहार्दता निकै अमूल्य भएको सचिव लामाले बताउनुभयो ।

उक्त विशेष परिचालनको समयमा काठमाडौंका माननीय सभासद् मीरा ध्वोंजुले अनुगमन गर्नुभएको थियो ।