२७ कार्तिक २०८३, शुक्रबार

बाघ खोज्ने क्रममा शव फेला

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ११ मंसिर । मकवानपुर मनहरी-६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक शव फेला परेको छ ।

बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीले कम्मर भन्दा माथि हड्डी मात्र भएको अवस्थामा पुरुषको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

गत शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवनको राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट पौडेलको मृत्यु भएको थियो ।

पौडेललाई आक्रमण गर्ने बाघ खोज्दै जाने क्रममा आइतबार साँझ सोही दोभानमै शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन् ।

सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी बाघको खोजी गर्ने क्रममा शव भेटिएको हो । शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यसैबीच सेना र निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन तर्फ लगेको प्रहरीले जनाएको छ ।