२९ आश्विन २०८३, बिहिबार

किस्मतले यस्तो खेल खेल्यो कि हुनेवाली भाउजूलाई बनायो श्रीमती !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marriage-bhaugu-devarकाठमाडौं । तुर्की गाउँमा एक अनौठो घटना देखियो, जहाँ हुने वाली भाउजू नै श्रीमती बनिन् ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको खबर अनुसार हितेश लाल देव नामका युवकको विवाह तय भएको थियो । दुलही पनि सजिएर सबै प्रक्रिया पूरा गर्न तयार थिईन् । अचानक प्रहरी आयो र बेहुलालाई हत्याको आरोपमा गिरफ्तार गरेर लगे ।

हितेशमाथि राकेश कुमार यादव नामका १५ वर्षका युवकको हत्या आरोप लागेको थियो । बेहुला पक्राउ परेपछि दुबै परिवार अप्ठेरोमा परे । बेहुलालाई त्यो समयमा पक्राउ गरियो जब उनी घरमा टिकाटालो गरेर ससुराल जाने तयारीमा थिए ।

समाजमा लाज हुने डरले बेहुली पक्षले बेहुलाका भाईसँग छोरीको विवाह गरिदिने प्रस्ताव राखे । पहिला त बेहुलाका भाई विवाह गर्न तयार भएनन् । तर जब घरपरिवार र गाउँलेले सम्झाए त्यसपछि पछि मात्रै विवाह गर्न तयार भए ।

यो घटनापछि किस्मतको खेलले उनलाई यस्तो खेल खेलायो कि हुने वाली भाउजूलाई आफ्नी श्रीमती बनाउनु बाध्य बनायो । विवाहमा सबै जन्ती गए र र भाईसँग दुलहीको विवाह गरियो । उनका दाई अहिले प्रहरी हिरासतमा छन् । एजेन्सी