
काठमाडौं, १० मंसिर । पश्चिमी वायुको आंशिक प्रभावले आज उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी पहाडी भू-भागमा आंशिक बदली र तराईमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ ।
राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।











प्रतिक्रिया