२७ कार्तिक २०८३, शुक्रबार

सम्पर्कमा नआएका २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको हो ।

आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ ।

Untitled